काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।
संयुक्त रुपमा वक्तव्य जारी गर्दै १५ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले कारबाही फिर्ता गर्न माग गरेका हुन् । पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका गरीलाई पदमुक्त गरेकोप्रति ध्यानाकर्षण गराउँदै उनीहरुले विधानविपरीत भएको कारबाही तत्काल फिर्ता गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेका छन् ।
पार्टी सञ्चालनको विषयलाई लिएर जारी गरिएको वक्तव्यमा गिरी पनि सहभागी भएपछि अध्यक्ष लिङ्देनले मुदमुक्त गरेका थिए ।


प्रतिक्रिया