-कर्णबहादुर थापा
बामदेव, सीपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा माधव जोगाउन लडियो । माधवले पार्टी शक्तिको दुरूपयोग गरि केपी, शंकर, प्रदीप, गुरु बराल, देवराज घिमिरेहरूलाई किनाराकृत र अपमान गर्दा माधवको विपक्षमा लडियो । कमरेड केपीलाई अध्यक्ष बनाउन शून्यबाटै सुरू गरियो । सफलताको शिखरसम्म पर्याउन धेरैको योगदान रह्यो, म अविचलित साथमा रहें । म कमरेड केपीको सातौ, आठौं र संसदीय दलको नेता हुने निर्वाचन प्रतिनिधि रहें ।
राजा वीरेन्द्र जीवितै हुँदा म वीरेन्द्र भन्दा ६ वर्ष जेठो हुँ भन्ने अन्तरवार्ता प्रकाशन भएपछि राजा हुन पाउने रविन्द्रको हक खोसिनु हुन्नथ्यो भनेर जनआस्था साप्ताहिकमा लेख नै लेखियो । त्यो लेख दरबारको नोटिसमा पर्यो । २०१५ सालको एसएलसी टपर प्रकाशचन्द लोहनी होइनन्, प्रकाशचन्द्र जोशी भन्ने तथ्यमा म उभिएको हो ।
प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले एमालेलाई अपमान गर्दा उनको विरूद्वमा पनि लेखियो, मानहानीको मुद्दा भने खेपनु परेन । यी केही दृष्टान्त मात्रै हुन् । यस समयसम्म आइपुग्दा अनेकौं भोगाइहरू छन् । सत्य र न्यायको पक्षमा लडिरहने मेरो रोजाइ हो । म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ । षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु । सही कुरा नबुझी, समर्थन वा विरोध नगर्न सबैमा अनुरोध छ ।

प्रतिक्रिया