-सुरेश आचार्य
सबैप्रति समान र निष्पक्ष व्यवहार हुन छोड्यो भने अनुशासन पालना हुन छोड्छ । झन् अगुवाहरूले नै विधान र विधिलाई थिचेर सिरानी हालि सुतिदिए भने राजनीतिक दल, एक सुसंगठित संगठन नभई एक वा अनेक अराजक भीड र जत्थाहरूमा परिणत हुन्छ । ३५ वर्षको बहुदलीय संसदीय व्यवस्थाको अभ्यास पछि नेपालमा अहिले यस्तै परिदृष्य देखिन सुरू भएको छ । संसदीय व्यवस्थामा ‘परम्परागत महासामन्त’ मानिएका राजालाई कजाउने क्षमता राख्ने रहेछ भन्ने सर्वमान्य मिसाल बेलायतले स्थापित गरिसकेको छ ।
तर, नेपालमा दलहरूले यस्ता नेतृत्वलाई मलजल गरे, प्रश्रय दिए– जसका कारण दलपतिहरू स्वयम् राजा (परम्परागत महासामन्त) भन्दा अप्रजातान्त्रिक, हठी, निर्दयी र अधिनायकवादी ‘नवीन महासामन्त’ बन्ने दिशातर्फ उन्मूख भए । यही क्रममा जनता केही समयका लागि दिग्भ्रमित हुदा (मतदानअघि) अर्थात् उनीहरुको विवेकशून्य (brain block) भएको मौका पारी जर्मनीमा हिटलर जन्मिए, इटलीमा मुसुलिनीको राजनीतिक अवतरण हुनपुग्यो ।
त्यस्ता दलपतिका कृयाकलापलाई विदेशी खुफिया एजेन्सी, बाह्यय तत्व र दलभित्र सिर्जित गरिएको ‘कबिला प्रथा’, ‘फिफ्थ कलम्निष्ट’ (नागरिक समाजभित्रका एक आत्मकेन्द्रीत पक्ष), स्वच्छन्द मिडिया (स्वतन्त्र होइन नि!) र दलपतिका दास झोले, हुक्के, बैठके कार्यकर्ताहरू तथा अज्ञानता, आफ्नो सन्तति र आफ्नै अहित हुँदा खुसी हुने फूटपरस्तवादी जनता, ‘नव महासान्त’हरूले नियोजित रूपमा दिलो ज्यानले पार्टीको सामूहिक चेतना, स्रोत साधन, संगठन, विधान र उद्देश्यलाई दुरूपयोग गरी ‘नवीन महासामन्त’ बन्ने–बनाउने दिशातर्फ मुलुकले छलांग मारेको देखिन्छ ।
कुनै बेलामा दलपतिका पेटबोलीमा बसेर साक्षी किनारामा ल्याप्चे सहिछाप ठोक्ने काग्रेसका शेखर कोइराला, एमालेका ईश्वर पोख्रेल, माओवादीका जनार्दन शर्मा, राप्रपाका पशुपतिशम्शेर जबरा जस्ता नेताहरू छलांगलाई ‘रिभर्स’ (फर्काउने सामथ्र्य) राख्न नसक्ने निरीह प्राणीमा रूपान्तरण भइसकेका देखिन्छन् । उनीहरूको पनि लगभग ‘ब्रेन डम्व’ (दिमाग बोधो) भइसकेको देखिन्छ । लोकतन्त्रको जनक यूरोपेली देशहरूमा, अझ बेलायतमा दलको सामूहिक निर्णयले नै विगत ८ सय वर्षदेखि prevail गर्दै आएकोले समग्रः राजनीतिक पद्धति नै संस्कारयुक्त बनेको –cultured छ ।

प्रतिक्रिया