पोलिटब्युरोलाई सचिवालयले गरेको निर्णय परिमार्जन गर्न ईश्वर पोखरेलको आह्वान


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी सचिवालय बैठकले गरेको निर्णयलाई पोलिटब्युरो बैठकले परिमार्जन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत पोखरेलले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्यूरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !’