दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव एमाले सचिवालय बैठकबाट अनुमोदन(भिडियो)


काठमाडौं । नेकपा एमालेले दुई वर्षको कार्यकाल र ७० वर्षको उमेर हद हटाएको छ । नेकपा एमालेको बिहीबार मध्यरातसम्म चलेको पार्टी सचिवालय बैठकले दुई वर्षको कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ । अब एमालेमा दुई वर्षे कार्यकाल र उमेरहदको सीमा रहने छैन ।’