सरकारका प्रवक्ता भन्छन्-भ्रष्टाचारी मन्त्री होस् कि सचिव, जो भएपनि कारबाही हुन्छ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गल्ती गर्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने बताए । उनले सरकार तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने र दोषी देखिए कारबाही हुने बताए ।

उनले भने, ‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव जो भए पनि कारबाही हुन्छ। सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ। अर्को मन्त्री आइसक्नुभएको छ।’