सरकारका कारण देश बहुआयामिक संकटको जोखिममा छः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्ताको कार्यशैलीले देश संकटमा रहेको बताएका हुन् । संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै प्रचण्डले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको बताए ।

उनले भने, ‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपनाअनुसार अघि बढिरहेका छौं?’ उनले दुई ठूला दलको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाए ।

उनले यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिए । उनले भने, ‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथितिले अघि बढेको देखिन्छ । गम्भीर समीक्षा नगर्ने हो भने निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ।’