प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए ।

प्रचण्डले बाढीपहिरो तथा समसामयिक राजनीतिलगायत विषयमा सम्बोधन गर्न लागेका हुन् । आजको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन दिइसकेको छ ।