काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किनुलाई सकारात्मकरुपमा लिनुपर्ने बताएका छन् ।
शनिबार चीन भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् ।
नेकपा एमालेले एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित भएको भन्दै उनले पूर्वराष्ट्रपतिले एकताका लागि प्रयास गर्नुपर्ने बताए ।
उनले भने, ‘विद्या भण्डारीले वामपन्थीएकताआजको आवश्यकताहो भन्ने महसुस गरेर राजनीतिमापुनःप्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र नेतृत्वको दाबी गर्ने हो भने यसलाई सकारात्मक रुपमालिनुपर्छ।’
फरक प्रसंगमा पूर्वप्रधानमन्त्री खनालले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताए । उनले भने, ‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म पुष्टि गर्न त सक्दिन । तर लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई महसुस भएको छ ।’

प्रतिक्रिया