काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जापान पठाउने नाममा रास्वपासहितका नेताले वर्षौंदेखि नागरिक ठगेको आरोप लगाएका छन् ।
आइतबार पार्टी केन्द्रीय समिति बैठकमा स्नेहीले १५ वर्षदेखि विदेश जानेलाई ठगीको सिलसिलामा रास्वपाका नेता संलग्न भएको दाबी गरेका हुन् ।
कांग्रेसको वैदेशिक रोजगार विभाग प्रमुख समेत रहेका स्नेहीले रास्वपालगायत अन्य दलका नेताहरूको संलग्नतामा नेपाली श्रमिक लुटिँदा कानूनी निकाय मुकदर्शक भएर बसेको आरोप लगाए ।
नेपाल र जापानको कानूनले सीओई र भिसा समेत पाइसकेको कामदारलाई पुनः भाषा परीक्षा भन्दै जापान जानबाट रोक्ने र गएकाहरूबाट पनि मोटो रकम असुल्ने गरेको स्नेहीले दाबी गरे ।
उनले जापान जानेले भीसा र सीओई पाइसकेका कामदारलाई परीक्षामा पास र फेलको बार्गेनिङ गरि करोडौंको लुट मच्चाइरहेको दाबी गरे ।
उनले आफ्नो क्षेत्रको क्रियाशील सदस्यता नवीकरण गराउन सक्रियता नदेखाएको बताए । उनले भने, ‘तपाईंहरूको जिल्लामा क्रियाशीलको पोजिसन अहिले के भा’छ ? हो । पहिला आफ्नो वडामा, आफ्नो निर्वाचन क्षेत्रमा, आफ्नो जिल्लामा क्रियाशीलको के छ पोजिसन ? त्यो बोलेर भन्नुस् कि । मैले अहिले संख्यात्मक प्रतिशत म नेताहरूको भन्न चाहन्न । आफैँले गएर हेर्न सकिन्छ ।’
आफ्नो जिल्ला, वडा, निर्वाचन क्षेत्रमा क्रियाशीलको नवीकरणका लागि सदस्यले कति पैसा तिरे त्यसको सोधखोज गर्न नेताहरुलाई अनुरोध गरे ।

प्रतिक्रिया