‘मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन, लौ न कोही छ !’


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बाली लगाउने बेलामा रासायनिक मल र कृषिमन्त्री एकसाथ बेपत्ता भएका भन्दै कटाक्ष गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत बास्कोटाले मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्कन नसकेको भन्दै कटाक्ष गरेका हुन् ।

उनले भनेका छन्, ‘बरु नेपालमा सत्ता तलमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन् । तर हरेक साल जेठ–असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो । राजनीतिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन । लौ न कोही छ !’