रास्वपाको विरोधकाबीच प्रतिनिधिसभा बैठक संचालन
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधकाबीच प्रतिनिधिसभाको बैठक अघि बढाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए । शुक्रबार सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ ।
तर राप्रपा र रास्वपाका सांसदले असहमति जनाउँदै उठेर टेबुल ठटाएर विरोध गरिरहेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बोलिरहँदा राप्रपा र रास्वपाका सांसदले विरोध गरिरहेका छन् ।