अवसरवादी अहंकारी र स्वार्थी बुढाहरुलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउनेछः स्वागत नेपाल


काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलन जिल्ला जिल्लामा गर्ने निर्णय गरेसँगै असन्तुष्टि बढेको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले अब राजावादी आन्दोलन नयाँ शिराबाट आउने घोषणा गरेका छन् । आइतबार सामाजिक संजालमार्फत नेपालले अवसरवादी अहंकारी र स्वार्थी बुढाहरुलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने उल्लेख गरेका छन् । केही दिनअघि समिति स्थानीय तहदेखि आन्दोलन सुरु गर्ने र पछि केन्द्रमा ठूलो जनआन्दोलन गर्ने निर्णय गरेको थियो ।

स्वागत नेपालले सामाजिक संजालमा लेखेका छन्ः

अवसरवादी अहंकारी र स्वार्थी बुढाहरुलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ । साँच्चैका स्वतन्त्र नागरिकहरु, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि…
चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्वको ऐतिहासिक शान्तियुद्ध…
अवसरवादी र अहंकारी बूढाहरुले नगर्ने भए युवालाई जिम्मा दिनुस् नत्र जिम्मेवारी आफै लिन्छ युवाले/हामी युवाहरु जागौं÷ पार्टीका नेताहरु पार्टीकै स्वार्थमा हुँदा रहेछन्. हामी स्वतन्त्र नागरिकहरु, देशलाई माया गर्नेहरु जुनसुकै पार्टीको सदस्य पनि कुनै पनि पार्टीको सदस्य नभए पनि/पार्टीका निर्णयलाई लत्याउन सक्नेहरु/सबै एकै ठाउँमा आऔं/नेपाललाई हिन्दु, वौद्ध, किरात, शिख, प्रकृति, बोन सबैको साझा सनातनी धर्मराज्य घोषणा गरौं/अब आन्दोलनलाई सफल बनाउनैपर्छ/राजाले पनि राजा बन्दिनँ भन्ने छुट छैन अब/जनताले गर्छ जे निर्णय गर्छ गर्छ, हामी शक्ति सञ्चय लागौं/देश र विदेशबाट नयाँ संरचनाबाट हामी आउँदैछौं÷ कोही पनि चिन्तित त्रसित नबन्नु होला/देशघाती भ्रष्टाचारीहरुलाई अन्त्य गर्नैपर्छ !