विप्लव भन्छन्-प्रतिशोधविहीन भ्रष्टाचार विरोधी अभियान जरुरी छ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रतिशोधविहीन भ्रष्टाचार विरोधी अभियान आजको आवश्यकता भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि बिहीबार राति सामाजिक संजालमार्फत महासचिव विप्लवले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रतिशोधविहीन भ्रष्टाचार विरोधी अभियान आजको आवश्यकता हो । त्यसका लागि नेपाली जनताले नयाँ सोच बनाउन थालेको महसुस हुन्छ ।’

पतञ्जलिको खरिद विक्री प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । नेकपा एकीकृत समाजवादीले भने वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित भई मुद्दा लगाएको बताएको छ ।