सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची


काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ ।प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे बस्नेछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।