भिजिट भिसा प्रकरणको अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने मात्र पद छाड्नुपर्छः महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेकाले राजीनामा दिनुनपर्ने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको तर अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने मात्र पद छाड्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो अत्यन्तै गम्भीर घटना बाहिर आएको छ । यो लामो समयदेखि भइरहेको कुरा आएको छ । अहिले यो अनुसन्धान अख्तियारले गरिरहेको छ । कर्मचारीमाथि अनुसन्धान भइरहेको छ । यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता, कोही पनि हुनुहुन्छ भने गहन अनुसन्धान गरेर जानुपर्छ । अनुसन्धान गर्दैगर्दा अख्तियारले यदि मन्त्रीउपर पनि अनुसन्धान भइरहेको छ भने मन्त्रीले राजीनामा दिनुपर्छ । अख्तियारले मन्त्रालयसँग आवद्ध कर्मचारीमाथि अनुसन्धान भइरहेकाले अनुसन्धान त्यहीँ केन्द्रित गर्नुपर्छ । तर अनुसन्धानको लहरो गृहमन्त्रीसम्म पुगेमा मात्र राजीनामा गर्नुपर्छ ।’

महामन्त्री शर्माले अहिले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर यो प्रकरणलाई हेर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र राजनीतिक दलका नेता बालुवाटारमा छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।

अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, त्यही फैसलाअनुसार अगाडि बढ्छौँः उपमहासचिव ज्ञवाली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने

भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन प्रधानमन्त्रीलाई जेनज आन्दोलनका घाइतेको सुझाव

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार

‘सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने काममा लाग्यो’

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो