काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गर्दा त्यसबाट राम्रो अनुभव नभएको बताएका छन् ।
शनिबार पार्टीको कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब कांग्रेस एमालेसँग सहकार्य नगर्ने बताए ।
उनले भने, ‘हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको रोग त फेरि सरुवा रोग हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं। हामी अब उनीहरूसँग सहकार्य गर्दैनौ ।’
प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेका कारण दलाल र बिचौलिया अत्तालिएर सरकार विरुद्ध लागेको उल्लेख गरे ।
उनले भने,‘जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो ।’
उनले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमीक्षा गर्दै देशव्यापी जनतासङ्ग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिए ।

प्रतिक्रिया