काठमाडौं । नेकपा एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकका समाजिक संजालले अनुसन्धान र अभियोजन गर्ने हक नराख्ने बताएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले अनुसन्धान गर्ने छुट्टै निकाय रहेको बताएका हुन् । उनले आमसञ्चार वा सामाजिक संजालले अनुसन्धान र अभियोजन गर्ने हक नराख्ने बताए ।
उनले भने, ‘अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछन् । दोषी देखिएमा कारबाहीमा पर्दछन् । सामाजिक संजालमा आएको टिप्पणीका आधारमा फैसला हुँदैन ।’

प्रतिक्रिया