एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।