राजावादीलाई प्रधानमन्त्रीको आग्रहः जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी छैन



पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार पोखरामा राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेको बताएका हुन् ।

उनले कुनै प्रकारका जनविरोधी र देशद्रोही क्रियाकलापको चेष्टा भए जनताले प्रतिकार गर्ने बताए । उनले भने, ‘जेठ १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख । देशको राज सिंहासन गइसक्यो ।’

प्रधानमन्त्रीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न राजावादीहरुलाई आग्रह गरे । उनले भने, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन। जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ।’

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन्। म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ।’

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्थाअनुसार कायम गर्ने सहमति

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय संचालकहरुको घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भदौ १८ गतेसम्म आफूहरुको माग पूरा नभए विद्यालय

जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल हुँदै बिहार प्रवेश गरेका भन्दै सुरक्षा ‘हाइअलर्ट’

काठमाडौं । पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल सीमाबाट बिहार प्रवेश गरेको

चीन भ्रमणपछि विद्याजीसँग ओलीजी सशंकित हुनुभयोः प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी