समसामयिक विषयमा छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।