बुटवल । जनमत पार्टीको सांसद गीता गुरुङले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी छिन् ।
पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।
देश र जनताको पिर मर्का राम्री बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् ।
राजीनामा पत्रमा उनले भनेकी छन्, ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’ उनी समानुपातिक तर्फबाट संसद् चुनिएकी थिइन् ।


प्रतिक्रिया