बीबीसी । भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ‘युद्धविराम’मा सहमति जनाएको जानकारी दिएका छन् । उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए ।
त्यसैगरी पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको जानकारी दिए । उनले सधैं पाकिस्तान शान्ति र सुरक्षाको लागि प्रयासरत भएको पनि बताए । त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश ’युद्धविराम’का लागि सहमत भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया