काठमाडौं । भारत-पाकिस्तान तनाबबारे सांसदहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले भारत र पाकिस्ताबीच भएको तनावबारे नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । उनले भने ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो माग गर्दछु ।’
त्यस्तै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत-पाकिस्तान युद्धले हामीहरु जोखिममा रहेका स्पष्ट भएको बताए । उनले भने, ‘भारत पाकिस्तान युद्धले हामी जोखिम छौं । सरकार यसको सामना गर्न तयार रहनुपर्छ । आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई साथ दिनुपर्छ ।’

प्रतिक्रिया