प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड छलफलमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेता छलफलमा जुटेका हुन् । उनीहरुबीच शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगका पदाधिकारी नियुक्तिमा केन्द्रित रहेको बताइएको छ ।

छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एमाले नेता अग्नि खरेल सहभागी छन् ।