भारतका रक्षामन्त्री राजनाथ सिंहसँग बाबुरामको अर्थपूर्ण भेट



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका भट्टराई र रक्षामन्त्री सिंहबीच सोमबार भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको निजी सचिवालयले जनाएको छ ।

भेटमा भट्टराईले हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए । डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविलाई थुनामै राख्ने यस्तो छ सर्वोच्चको आदेश(पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्देशक हुनुअघि नै

रविको बन्दीप्रत्यक्षीकरणको रिट खारेज, अब थुनामै रहने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च

तीनकुने घटनाको प्रहरीले बुझायो प्रतिवेदन, १०८ जनालाई मुद्दा चलाउनुपर्ने राय

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा, ११ हजार ४८ मुद्दा दर्ता

काठमाडौँ । प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ ।