पूर्वराजाका संवाद सचिव पाठक र पूर्वराजा ज्ञानेन्द्रलाई तत्काल कारबाही गर्न एमालेको माग



काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले श्री ५ महाराजाधिराज भनि विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजाको संवाद सचिवालयले श्री ५ महाराजधिराज भनि पूर्वराजालाई सम्बोधन गरी विज्ञप्ति जारको भन्दै आपत्ति जनाएका हुन् ।

उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा.पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरेका छन् । गैरेले भने, ‘नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ ? कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । नपाइने भए संवाद सचिव डा.पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस् ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा श्री ५ महाराजधिराज उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र

लेखा समिति सभापतिले अमनलाल मोदीलाई भाइरल हुन यूट्यूबर लिएर आएको भनेपछि…

काठमाडौं । अरु दिनको जस्तै सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा पनि नेकपा माओवादी

पतञ्जली जग्गा प्रकरणको थप अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान

मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि महासेनानीको पदावधि थप्ने लगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता