‘कांग्रेसको कुन सहमहामन्त्रीको छोरोले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, राजेन्द्र लिङ्देनले प्रमाण पेस गर्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसले भाटभटेनी सुपरमार्केटबाट कांग्रेस सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाण पेश गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग माग गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिको प्रमाण पेश गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् । बैठकमा घिमिरेले आफ्नो पार्टीका आठ जना सहमहामन्त्री रहेका र कसको छोराले चोरेको हो, त्यसको प्रमाण पेश गर्न आग्रह गरे ।

उनले भने, उनले भने, ‘कुन सहमहामन्त्रीको कुन चाहिँ छोरोले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ । होइन भने उहाँले शब्द फिर्ता लिएर माफी माग्नुपर्छ, व्यक्तिगतरूपमा पार्टीलाई लान्छित गरेर बोल्न पाइँदैन ।’

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको प्रमाण आफूहरूसँग रहेको बताएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटबाट कांग्रेस सहमहामन्त्रीका छोराले रक्सी चोरेको र प्रहरीले पक्राउ गरी पछि छाडेको बताएका थिए । अध्यक्ष लिङ्देनले त्यसको प्रमाण आफूसँग भएको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा खस्यो विमान (फोटोफिचर)

काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार एउटा निजी विमान आवासीय क्षेत्रमा खसेर दुर्घटना

ढोरपाटनका मेयरसँग २० लाख धरौटी माग

गण्डकी । जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न

नेपाली जनतालाई सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला

आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ