नेताहरू अलोकप्रिय र पूर्वराजा लोकप्रिय किन ?



-डा. गोविन्दशरण उपाध्याय ।

राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् । लोकतन्त्रपछि उनी साधारण नागरिक भएका छन् । लोकतन्त्रपछि देशको प्रमुख सांसदले चुनेको व्यक्ति बन्ने संबैधानिक व्यबस्था छ । डा. रामवरण यादव, विद्या भण्डारी र अहिले रामचन्द्र पौडेल राष्ट्र–प्रमुखको भूमिकामा छन् । संवैधानिक रूपले नै राजाको भूमिका समाप्त भएपछि राजा ज्ञानेन्द्रले पूर्वराष्ट्र प्रमुखले प्राप्त गर्ने केही सुविधाहरू राज्यले खटनपटनका कारण प्राप्त छन् । एउटा नेपाली नागरिक र पूर्वराष्ट्रप्रमुखका रूपमा अन्य सर्वसाधारणले वर्तमान राजकीय व्यबस्थामा असन्तुष्टी गर्नु बेठीक होइन । पूर्वराष्ट्रपतिहरू एमाले र कांग्रेसका सदस्य भएको नाताले माउँ पार्टी रिसाउँछ कि भनेर बोल्दैनन् । यो सबैले बुझेको कुरा हो ।

धेरैजसो शीर्ष नेताहरू र सर्वसाधारणले समेत तत्कालीन राष्ट्र प्रमुख राजा ज्ञानेन्द्रले न्यूनतम क्षतिमा सत्ता त्याग गरेको भनेर सार्वजनिक रूपमा प्रसंशा गरेका थिए र अहिले पनि यदाकदा गर्छन् । पूर्वराष्ट्रप्रमुख भएको नाताले सर्वसाधारण जनताको उहाँप्रति आकर्षण हुनु स्वाभाविक हो । राजाका रूपमा सम्मान गर्ने पनि धेरै जनता छन् । उहाँ गएको ठाउँमा जनताको भीड लाग्नुमा राजालाई दोष दिन मिल्दैन । जनताले राजा ज्ञानेन्द्रलाई राष्ट्रपतिका रूपमा होइन राजाका रूपमा सम्मान गर्नुलाई ‘गणतन्त्रप्रति अविश्वास’ भन्ने मनगढ़न्ते आरोपमा विश्वास गर्नुको कुनै कारण छैन ।

एउटा नागरिक, पूर्वराष्ट्र प्रमुखको रूपमा राजालाई देशाटन गर्ने, जनतासंग सम्बाद गर्ने र भेट्न आएका जनताले राजा समक्ष आफ्ना विचार राख्ने अधिकार कुण्ठित गर्नु उचित हुँदैन । साथै, राजालाई भेट्दैमा, आफ्ना कुरा राख्दैमा, नारा लगाउंदैमा गणतन्त्रको अन्त्य गर्ने षड्यन्त्र ठान्नु अपरिपक्व चिन्तन वा आफ्नो अलोकप्रियता लुकाउने प्रयास बाहेक केही होइन ।
–लोकतन्त्र वा गणतन्त्र राजा र प्रजा दूवैको लागि हो । राजा ज्ञानेन्द्रले जुन शालीनतापूर्वक सत्ता त्यागेर नागरिक बन्न स्वीकार गरे, सत्तामा आएपछि लोकतान्त्रिक शक्तिहरूले पूर्वराष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई सधैं ‘प्रमुखशत्रु’का रुपमा व्यवहार गर्न थाले र गरिरहेका छन् । गणतन्त्रवादीहरूको यस्तो रवैया अनुचित हो । पूर्वराष्ट्र प्रमुखका रूपमा राज्य संचालकहरूले ज्ञानेन्द्र शाहलाई अन्य राष्ट्रप्रमुखहरूझैं औपचारिक कार्यक्रममा निमन्त्रण गरेको भए लोकतान्त्रिक शक्ति र पूर्वराष्ट्रप्रमुखमा सहजता बढ्थ्यो ।

लोकतान्त्रिक शक्तिहरूले पूर्वराष्ट्र प्रमुखका रूपमा ज्ञानेन्द्र शाहलाई निषेध गर्ने अदूरदर्शी नीति अवलम्बन गरे । अर्कोतिर, गणतन्त्रका पक्षधर नेताहरूले जनतालाई देखाएका सपनाको पटक्कै पूर्ण गर्न सकेका छैनन् । पार्टीहरूप्रति जनताको अविश्वास र निराशा बढेपछि ‘राजा आउँ देश बचाउ’जस्ता नारा देखिन र सुनिन थाले । पूर्वराष्ट्र प्रमुखका रूपमा ज्ञानेन्द्र शाहसंग अछुतको व्यबहार गरेपछि आफ्नो असन्तुष्टी पोख्न पनि राजाको कुरा चलेको छ ।

–गणतन्त्रवादीहरूले जतिनै ‘गणतन्त्र’को प्रसंशा गरे पनि जनताहरूको असन्तोष चरम छ भन्ने तत्थ्य बुझेका छन् । यस्तो असन्तुष्टिलाई तुरुन्त समाधान गर्न सकिन्न र राजतन्त्रको पुनस्थापनाले पनि तु. हुने सम्भावना छैन । यस्तो अवस्थामा, राजनैतिक दलहरूले राजावादी र राजासंग शत्रुतापूर्ण व्यबहार गर्नु भन्दा ‘लोकतान्त्रिक व्यबहार’ गर्नु उचित हुन्छ ।

राजा र राजावादीहरू विरुद्ध असहमति होला तर यी विरुद्ध विष बमन गरेर, दमन गरेर, असहिष्णु व्यवहार गरेर लोकतान्त्रिक गणतन्त्र सुरक्षित हुने ग्यारेन्टी हुँदैन । शीर्ष नेताहरूकै उमेरका राजा ज्ञानेन्द्रले दलीय नेताहरूको भागबण्डावाद र आफ्नोवादलाई राम्ररी बुझेका छन् । दलका नेताहरूले राजावादीहरूलाई तुच्छ र आफूहरूलाई ‘मपाई’ भन्दैमा सर्वसाधारण जनताले पत्याउने छैनन् । समयमै लोकतान्त्रिक व्यबहार अबलम्बन गरे “लोकतान्त्रिक गणतन्त्र“लाई कम क्षति हुनेछ ।

नेपालमा हिन्दूराष्ट्रवादको मुद्दा र समर्थन धेरै बलियो छ । नेताहरूले यो तत्थ्य बुझेका छन् । ‘दुई मुठी’ मान्छे र विदेशीको नजरमा ‘धर्मनिरपेक्ष’ बन्ने पूर्वाग्रह धेरै खतरनाक छ । नेपाल होस् वा भारत धर्मनिरपेक्षताको अवधारणा धेरै आलोचित र गन्हाएको छ । धर्मनिरपेक्षता ‘मुस्लिम, इसाई’लाई खुसी पार्न लादिएको अवधारणा हो भन्ने व्यापक बुझाई छ । अर्कोतिर, हिन्दूराष्ट्रका सवालमा जनताहरू पार्टीको झण्डा त्यागेर उभिने सम्भावना छ । यस्तो अवस्थामा, ‘लोकतान्त्रिक गणतन्त्र’को स्थापना नै हिन्दुहरूको अस्तित्व मेटाउन भएको हो भन्ने स्थापित भएको दिन ‘नेताहरूका लागि’ विपत्ति हुने छ । ८१.३% प्रतिशतको हिन्दू बहुमतलाई बूढा हुँदै गरेका समाजवादीहरूले जोगाउन सक्ने छैनन् ।

धर्मनिरपेक्षतासँगै गणतन्त्र वदनाम हुनुको मुख्य कारण ‘धर्मपरिवर्तन’ हो भने कट्टरपन्थी मुस्लिम र इसाईहरू धर्मनिरपेक्षताको छातामा ओत लाग्नु र हिन्दूहरूलाई ‘कट्टरपन्थी’को बिल्ला भिराउनु हो । विश्वको राजनैतिक इतिहासमा मुस्लिम र इसाईहरू धर्मनिरपेक्ष हुँदैनन्’ भन्ने सत्य कसैले लुकाउन सक्दैन । एकातिर धर्मनिरपेक्षको नक्कल गर्ने अर्कोतिर धर्मपरिवर्तन गराउने ! जनतालाई राजनैतिक दलहरूले सधैं अबुझ ठान्न हुँदैन ।

नेताहरू अलोकप्रिय हुनुमा उनीहरूको अलोकतान्त्रिक व्यवहार र जनतालाई सधैं झुक्याउने बेहोरा नै जिम्मेदार छ । लोकतन्त्रको सम्मानजनक र विश्वासिलो उपस्थितिका लागि पूर्व राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहलाई सम्मानित व्यबहार गर्नुपर्छ भने हिन्दूवादीहरूसंग असहिष्णु व्यवहार देखाउनुको सट्टा संवादको बाटोमा हिँड्नुपर्छ । लोकतान्त्रिक गणतन्त्र आफैंमा “विचार“मात्र हो । यो आफैं जोगिने वा मर्ने होइन । जनताको विश्वास गुमाएको क्षण संविधान, लोकतान्त्रिक गणतन्त्रजस्ता आजका सम्मानित शब्दहरू तुच्छ हुने छन् । मैले बुझेको कुरा लोकतन्त्रमा कुनै विचार, कुनै व्यक्ति अछुत हुँदैन । यत्ति बुझे धेरै परिवर्तन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

धनकुटा । धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

काठमाडौँ । सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज विहान

इजरायली मन्त्रिपरिषद्बाट गाजामा सैन्य अभियान विस्तार गर्ने योजना स्वीकृत, मानवीय सङ्कट थप चर्किने चिन्ता

जेरुसेलम । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ

निजी क्षेत्रलाई बालेनको आग्रहः महानगरपालिकासँग जनशक्तिको प्रकृति माग गरिदिनुभयो भने हामी त्यसैअनुरुपका तालिम सञ्चालन गर्छौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको वर्ष सञ्चालन गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त