सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा प्रेस सेन्टरको पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष प्रचण्डले यो सरकारले भ्रष्टाचारीहरुको रक्षा गर्ने काम मात्र गरेको आरोप लगाए ।

उनले अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सरकार विचौलियाले चलाएको स्वीकार गर्न थालेका बताए ।

उनले भने, ‘अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति बिचौलिया र नोकरसाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने सरकार हो ।’

प्रचण्डले राजावादीहरु कति हिंस्रक छन् भन्ने कुरा एकै दिनको कार्यक्रममा देखाएको भन्दै राजावादीहरुको रणनीति पूर्ण रुपमा असफल भइसकेको बताए ।

अहिले निर्वाचन भन्ने वित्तिकै सम्पूर्ण रुपले अराजकतावादको अभ्यास गर्ने एउटा विकृत संस्कार भन्ने भाष्य पनि नेपाली समाजमा स्थापना भएको उनको भनाइ छ ।

प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको बताए । उनले भने, ‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ । शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ । त्यसका लागि छोटो बाटोबाट लानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको मकवानपुरको ‘कुञ्छाल’ गाउँ

हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र

नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैनः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र

बैतडीमा दुई पटक भूकम्पको धक्का

बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका

काठमाडौंमा घर तथा ४ आना जग्गा नदिए यौन शोषणको मुद्धा लगाइदिने भन्दै ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौं । यौन शोषणको मुद्धा लगाई दिन्छु भन्दै ठगी गर्ने दुई महिलालाई प्रहरीले