सरकारसँगको वार्तामा शिक्षक महासंघले भन्यो-हाम्रो मागमा टसमस हुँदैनौं



काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शनिबार बिहान वार्ता भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको हो ।

वार्तामा महासंघका पदाधिकारीले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि आफूहरुले आन्दोलन गर्नुपरेको जानकारी गराएका थिए । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्तामा आफूहरुले अडानबाट टसमस नहुने जानकारी गराएको बताएका छन् ।

वार्तापछि अध्यक्ष सुवेवदीले भने, ‘हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौं । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो र यसबाट नेपाल शिक्षक महसंघ टसमस नहुने जानकारी गराइयो ।’

वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले तथा नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितका प्रतिनिधिहरू सहभागी थिए ।

यसअघि शुक्रबार शिक्षा मन्त्रालयले आफूखुसी शिक्षकहरुको तर्फबाट वार्तामा बस्ने २५ जनाको नाम सार्बजनिक गरेपछि महासंघसँगको वार्ता भाँडिएको थियो । चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको मकवानपुरको ‘कुञ्छाल’ गाउँ

हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र

नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैनः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र

बैतडीमा दुई पटक भूकम्पको धक्का

बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका

काठमाडौंमा घर तथा ४ आना जग्गा नदिए यौन शोषणको मुद्धा लगाइदिने भन्दै ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौं । यौन शोषणको मुद्धा लगाई दिन्छु भन्दै ठगी गर्ने दुई महिलालाई प्रहरीले