सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण



-नारायण गाउँले ।

हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ । २८ लाख भन्दाबढी त मतदाता नै छन्, तिनलाई पक्कै एमाले मन पर्छ ! यो दलीय व्यवस्था हो र एमाले पपुलर भोटमा देशकै पहिलो दल हो । यसको अर्थ धेरै नेपालीलाई एमाले मन पर्छ भन्ने नै हो । सुनीताजीले एमालेकै टिकटमा उपमेयर जित्नुभएको हो । उहाँलाई एमालेबाहेक अरू नै मन पर्नु समस्या हो, एमाले मन पर्नु स्वाभाविक हो । उहाँले भाषण गर्ने एमाले राम्रो छ भनेर नै हो । राम्रो लागेकैले उहाँ त्यहाँ हुनुहुन्छ ।

दल आफैंमा खराब र असल हुँदैन । एमालेमा भोट हाल्ने २८ लाख जनता जति खराब र अरू असल भन्ने हुँदैन । एमालेका सबै नेता, कार्यकर्ता र शुभचिन्तक खराब छन् भन्ने भाष्यले नेपाल नै खराब छ भन्ने अर्थ लाग्छ । त्यस्तो पक्कै होइन । दल भन्ने चीज नै खराब हो भन्ने सोच लोकतान्त्रिक होइन । लोकतन्त्रबाहिर आस्था राख्नुहुन्छ भनेचाहिँ त्यसो गर्न सकिन्छ । यो व्यबस्था रहुन्जेल दलको विकल्प पनि दल नै हो । राम्रो दल बन्ने हो भने एमाले त्यसै सकिन्छ । जनतालाई भेड़ा भनेर, राष्ट्रघाती या भ्रष्ट भनेर, आफूबाहेक अर्कोलाई दास भनेर मात्रै त कसरी सकिएला र ?

समस्या दलको नेतृत्वको हो । व्यवस्थाका लागि लडेको नेतृत्व छ हरेक दलमा । अब अवस्थाका लागि लड्ने र डेलिभरी दिन सक्ने सक्षम, शिक्षित र युवा नेतृत्व चाहिन्छ भन्ने हो । हामी दगुर्न पर्ने अवस्थामा छौं तर हाम्रा दलहरूको नेतृत्व हिँड्न पनि राम्ररी नसक्ने खालको छ । सुशासनबिना सीमित साधनस्रोतले केही गर्न नसकिने अवस्था छ तर नेतृत्व पकेटमारलाई काँध थाप्ने खालको छ । तुच्छ गाली, अहम्, धोकाधडी, काइते राजनीतिक दाउपेच, अध्ययनबिनाका आश्वासन र कब्जावादी छ ।

विश्वविद्यालयदेखि अख्तियार, अदालत र सेना पुलिस अनि अन्य संवैधानिक आयोगसम्म लोकतन्त्रका हरेक संस्था र पिलरलाई कब्जा गर्न चाहने अभ्यास छ । अरूलाई आरोप लगाउने तर व्यवस्थालाई आफै कमजोर बनाउने रोग छ । उदाहरणकै लागि संविधानमा निःशुल्क शिक्षा भनेर लेख्ने, कार्यान्वयन गर्नुपर्दा राज्यलाई एक खर्ब भार पर्छ भन्ने र पन्छिने ! घरघरमा ग्यासपाइप, एक वर्षमैं पानीजहाजको टिकट, देशैभर स्मार्टसिटीदेखि चुच्चे रेल र मोनोरेल भन्ने अनि चुनाब जितेपछि एकपल्ट पनि त्यसको उच्चारण नगर्ने नेतृत्व छ हाम्रो । हाम्रा सबै दल निरङ्कुश छन् ।

दुःखद के छ भने यसको विकल्प सोचे जति सजिलो र छिटो भने छैन । तत्काल दल समाप्त हुँदैनन् । माओवादी सकियो, कांग्रेस सकियो, एमाले सकियो भन्ने लाग्न त सक्छ तर ती यत्तिकै सकिन्नन् । नयाँ दल आजको भोलि बन्दैनन् । बन्दै गर्दा नयाँ दल पनि धुलोमैलो बनिसक्ने तीता अनुभव छन् । जो सबैभन्दा बढ़ी अवसरवादी छ, लोभी छ र वञ्चित छ त्यही नयाँमा छिटो हाम फाल्ने हुनाले नयाँ पनि नयाँ नरहने स्थिति छ । त्यसैले दलको रूपान्तरण, नेतृत्व परिवर्तन र सुधार सबैभन्दा सजिलो विकल्प हुन सक्छ । वैकल्पिक प्रयास र हिम्मतलाई टेवा दिँदै पुराना दललाई निरन्तर नागरिक खबरदारी विकल्प हुन सक्छ ।

गगन थापाहरूले ठूलो आन्तरिक लड़ाइँ र सङ्घर्ष गर्दै आएकाले अबको अधिवेशनपछि शायद कांग्रेसमा पुरानो पुस्ता बिदा हुनेछ । विश्वप्रकाशदेखि प्रदीप पौडेल, बद्री पाण्डेदेखि जीवन परियारसम्म अहिले नै त्यहाँ युवाहरूको दस्ता तैयार छ । प्रचण्डबाहेक माओवादी नेतृत्व तुलनात्मक रूपले युवा नै छ । समकालीन दुई वृद्ध नेताभन्दा प्रचण्डको खटन, इच्छाशक्ति र समझ माथि नै देखिन्छ । युवाहरूले हस्तक्षेप गर्न नसकेको र नेतृत्वकै जीहजुरीमा सेल्टर खोजेको एमालेमा हो । त्यहाँ पनि प्रयास नै नभएको चाहिँ होइन । योगेश भट्टराई अझै बैगुनी केटो छन्, भीम रावल पाखा लागे । झाँक्रीहरूको झाँको म्युट छ । तैपनि विद्या भट्टराईले राजीनामा नै दिएर एउटा सन्देश दिएकी छन् । बिन्दा पाण्डेहरू छाती थाप्न तयार छन् । महेश बर्तौलाहरूको पुस्ता माथि आउँदै छ । सुनीताहरू पनि उदाउँदै छन् । लोभ त्याग्ने हो भने नेतृत्वलाई चुनौती दिन सकिन्छ ।

आलोचनाले असल नेतृत्व निखारिन्छ । खराब नेतृत्व बहुलाउँछ । दलमा उनी जस्ता युवा चाहिन्छ । कम्तिमा स्टन्टले देश बन्दैन भन्ने सुनीताले बुझेकी रहिछन् । यद्यपि उनको भाषण आफैंमा अलिकति स्टन्ट जस्तो देखिन्छ । सत्तामा बसेर ज्वलन्त समस्या हल गर्नु पर्ने ठाउँमा देशभरका कार्यकर्ता सडकमा उतारेर भाषण गर्नु आफैंमा ठूलो स्टन्ट हो । तैपनि आफ्नै दलको नेतृत्व पनि स्टन्टमात्रै गर्ने खालको छ र जनता आजीत भएको यिनै दलका स्टन्टले नै त हो भन्ने सुनीताहरूले बुझेको दिन पार्टीको र देशको रूपान्तरण सजिलो हुनेछ । गणित हो, स्टन्टले बन्दैन भन्दै आफैं पनि स्टन्ट गर्ने हो भने त हरेक १० जनामा कम्तिमा सात जनालाई एमाले मन पर्दैन । त्यो भनेको अत्यधिक बहुमत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार ढलिहाल्ने वक्तव्यमा नरमाउन सांसद थापाको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार ढलिहाल्ने वक्तव्यमा नरमाउन नेकपा माओवादी

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी

तीनकुने घटनाको न्यायिक छानबिन गर्न शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको

डा. लोहनीले जनाए रिले अनसनमा ऐक्यवद्धता

ललितपुर । राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, शाही युवा