१४ महिनापछि राजीनामा गर्छुः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि राजीनामा दिने बताएका छन् । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले १४ महिनापछि आफूले राजीनामा दिने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले भने, ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

कांग्रेस महामन्त्री गगन थापाले पछिल्लो समय सरकारको आलोचना गर्दै आएका छन् । उनले सरकारको गति यस्तै भए सरकार छाड्ने चेतावनीसमेत दिएका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पार्टी संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्याण्डबाट फर्केपछि गठबन्धन गर्ने विषयमा कुरा गर्ने बताएका थिए ।

सत्तापक्ष र प्रतिपक्षी दलका अभिव्यक्तिपछि पछिल्लो समय सत्ता परिवर्तनको हल्ला चलेको छ । शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किएका सभापति देउवाले भने सत्ता परिवर्तनको कुनै सम्भावना नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्व श्री ५ ले सार्वजनिक जीवनमा पुनरागमनका लागि किन ‘राजगद्दी’ मै बस्न पर्यो ?

-सुरेश आचार्य पूर्व श्री ५ ले ‘कुशासन र भ्रष्टाचार अन्त्यगरी देश बचाउन मलाई

राजसंस्थाबारे देउवाको धारणा भन्दै गलत सूचना सम्प्रेषण नगर्न विश्वकर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको

तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली सिमिकोटमा

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक

‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली ।  नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा