लोकप्रियतावाद र अतिवादको शिकारमा नेपाल पर्ने खतरा छः एमाले



काठमाडौं । नेकपा एमालेले जनताका असन्तुष्टि भड्काउने प्रयास भइरहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमाले सचिव गोकर्ण विष्टले चैत १५ गते प्रतिगामीहरूले देशमा हिंसात्मक घटना घटाएर देशलाई अस्तव्यस्त बनाउने कोशिश गरिएको बताएका हुन् ।

उनले लोकप्रियतावाद र अतिवादको शिकारमा नेपाल पर्ने खतरा रहेको बताएका हुन् । उनले भने, ‘विश्वव्यापीरूपमा लोकप्रियतावाद या अतिवाद चलिरहेको छ । बोल्ने, गर्नु नपर्ने, बोल्ने जिम्मा लिनुनपर्ने लोकप्रियतावादको हावा यहाँ पनि लागेको छ । युक्रेनमा लोकप्रियतावादबाट उदाएका नेताले देशलाई युद्धमा होमे । हामी सचेत बन्नुपर्छ ।’

उनले जनतामा देखिएको निराशा र मौलाउँदै गएका विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नु पर्ने बताए । उनले भने, ‘के कारणले जनतामा निराशा पैदा भइरहेको छ, के कारणले विरोधका स्वरहरू मौलाइरहेका छन्, यो सवालमा गम्भीरताका साथ सोच्नुपर्दछ । कमजोरी छन् भने ती कमजोरीहरूलाई आत्मसात् गरेर सुधार गर्नुपर्नेछ ।’

सचिव विष्टले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको बताए । उनले मुलुकमा देखिएका समस्याहरू लामो समयदेखि थुप्रिएका बताए ।

उनले भने, ‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन् । यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् ।’

सचिव विष्टले देशलाई सही बाटोमार्फत र जनतामा आशा जगाउने हिसावले अगाडि बढ्न जरुरी रहेको बताए । उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्नेगरी काम गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली ।  नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा

नवनियुक्त गभर्नरले गर्नुपर्ने काम

-सुगतरत्न कंशाकार । म एक इन्जिनियर/व्यवस्थापक भएपनि मैले नजानेको कुरामा जान्ने भएर नयाँ

वैदिक गन्तव्य

-डा. गोविन्दरण उपाध्याय । हामीले (नेपाली तथा भारतीय) जति कुरा पश्चिमकाबारेमा जानेका छौँ

लेखासहित आज चार संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद्