न्याय मर्नेछैन रविन्द्र दाइ !



तपाईंको असल नियत र इमानदारीतामा कुनै शंका छैन । तपाईंसँग हजार असहमति राख्नेहरुले पनि तपाईंको इमानदारीतामा प्रश्न उठाउन सक्दैनन् । तपाईं मार्ग परिवर्तन गरेर राजासहितको प्रजातन्त्र, हिन्दूअधिराज्य र संघीयताको खारेजीको पक्षमा दुनियाँले देख्ने गरि उभिनु भएको छ । आफ्नो उद्देश्य पूरा गर्न शान्तिपूर्ण धर्ना,जुलुुस र सभामा जानू अनि त्यसको नेतृत्व गर्नु तपाईंको राजनीतिक धर्म नै हो ।

आफ्नो धर्म निर्वाह गर्ने क्रममा यो मुलुकका शासकहरुले तपाईंमाथि जुन अन्यायपूर्ण व्यवहार र ज्यादती गरेका छन् यो विश्वले देखेको छ। हत्या, हिंसामार्फत सत्ता प्राप्त गरेका अनि भ्रष्टाचारलाई संस्थागत गरेका गणतन्त्रवादीहरुले तपाईं जस्तो स्पष्टवक्ता र नेपाली जनताको अवस्था र नेपालको व्यवस्था परिवर्तन गरेर सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनामा हिँडेको तपाईंलाई आँखाको कसिंगर देख्नु स्वभाविक हो ।

तपाईंमाथि राज्य निर्मम ढंगले प्रस्तुत भएको छ । नेपाली जनताको मुक्तिको निम्ति लागेबापत तपाईंको हातमा हत्कडी देख्दा स्वाभिमानी, राष्ट्रवादी नेपाली हरुको शिर लाजले निहुरेको छ । तपाईं एक असल, इमानदार राजनीतित्र हुनुहुन्छ । विविध विषयमा तपाईंसँग फरकमत भएपनि म तपाईंको एक शुभचिन्तक र प्रसंसक हुँ ।

आज तपाईं माथि राज्य निर्मम ढंगले लागेको छ । तपाईंलाई लामो समय फसाउने अनेक षड्यन्त्रका तानावाना बुन्दैछ ।
तर यो देवीदेउताले बास गरेको ठाउँ यहाँ न्याय मर्दैन । एकदिन न्याय पाइन्छ भन्नेमा म विश्वस्त छु । केहििदन तपाईंलाई असहज भयो होला, दुःखद हिरासतमा बस्नुपर्यो होला, तपाईंमाथि दुर्बव्यहार भयो होला, यसको सबै हिसाव समयले गर्नेछ ।

राजनीति चक्र जस्तै घुमिरहन्छ । एकदिन नेपालमा राजासहितको प्रजातन्त्र स्थापना हुनेछ, नेपाल हिन्दूअधिराज्य पनि हुनेछ । तपाईंको विचारले अवस्य जित्नेछ । तपाईंको विचारले जितेको दिन फरक विचार लिएर हिँडेकाहरुलाई कुनै दुस्मनी नसाँध्नु होला । विचारको विविधता नै प्रजातन्त्रको सुन्दता हो । तपाईंको बिचारले जितेको दिन तपाईं भन्दा फरक विचार राख्ने हरेक व्यक्तिको सम्मान र सुरक्षा हुनुपर्दछ । तपाईं चाँडै हिरासत मुक्त हुनुहुनेमा म आशावादी छु । तपाईंको सफल राजनीतिक भविष्यको कामना गर्दछु।
-जनकराज पाठक
केन्द्रीय सदस्य राप्रपा
नुवाकोट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली सिमिकोटमा

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक

‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली ।  नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा

नवनियुक्त गभर्नरले गर्नुपर्ने काम

-सुगतरत्न कंशाकार । म एक इन्जिनियर/व्यवस्थापक भएपनि मैले नजानेको कुरामा जान्ने भएर नयाँ

वैदिक गन्तव्य

-डा. गोविन्दरण उपाध्याय । हामीले (नेपाली तथा भारतीय) जति कुरा पश्चिमकाबारेमा जानेका छौँ