मन्त्रीको राजीनामाबारे थाहा नपाउने सरकारका प्रवक्ता !



काठमाडौं ।  यी मन्त्री पनि रमिता नै रहेछन् ! कुलमानलाई हटाएर बाहिर निस्केपछि पत्रकारलाई उल्टै प्रश्न सोध्दै थिए, को कुलमान भनेर ? अन्य देशमा सरकारकै प्रवक्ताले सोधेको प्रश्नमा समेत जानाजान झुटो बोल्नु भनेको गम्भीर अपराध मानिन्छ ।

प्रवक्ता भनेको सरकारको ऐना पनि हो । सरकार पनि रमाइलो नै होला । पत्रिकाले, स्वयं मन्त्रीले अनि प्रधानमन्त्रीले समेत राजीनामा दिएको भन्छन् तर सरकारलाई थाहा छैन । कस्तो रमाइलो सरकार हो यो । कुनचाहिँ सरकार हो कुन्नि ।
अनि यिनैलाई र अन्य एमाले नेतालाई पत्याउने हो भने एक महिनादेखि शिक्षामन्त्री बिरामी भएर कार्यसम्पादन गर्न नसक्ने अवस्था रहेछ । देशभरका शिक्षक आन्दोलनमा रहेको त्यत्रो दिन सरकार रमिता हेरेर बसेको रहेछ ।

कस्तो विरक्तलाग्दो रमिता । अनि उल्टै ओलीजी काठमाडौँमा शौचालय नभएकाले शिक्षकलाई रमिता नदेखाउन र घर फर्किन आग्रह गर्दै हुनुहुन्थ्यो । भोलि एक लाख युवाले अरूका लागि निषेधित क्षेत्र मानिने भृकुटी मण्डप क्षेत्रको कुन शौचालय प्रयोग गर्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली जनतालाई सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला

आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः प्रचण्ड

ढोरपाटन (बागलुङ)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन