जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरौं



-सुदन किराँती ।

साथीहरु फेरि भन्छु !
म धरानमा विमानस्थल बनाउन चाहन्थें तर काम भावनाले मात्र हुँदैन रहेछ । सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन बमोजिम काम गर्नुपर्ने हुन्छ । यदि कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुन जान्छ । कुनैबेला त्यो भ्रष्टाचार प्रमाणित भएपछि निर्णय गर्ने व्यक्ति जेल जानुपर्छ । कुनै पनि ठूला योजनाहरु संचालन गर्नु अगाडी अनिवार्य रूपमा प्राविधिक, आर्थिक , व्यापरिक र वातावरणीय अध्ययन गर्नुपर्छ । अन्यथा त्यो परियोजना चल्दैन । कुनै व्यक्तिले हचुवाको रूपमा अवैज्ञानिक ढंगबाट ठूलो परियोजनाहरु सुरु गर्दा राज्यको सम्पत्ति दुरुपयोग हुन गएको छ । निर्दोष नागरिकको थाप्लोमा ऋण बोक्न नसक्ने गरि थपिएको छ । हाम्रो अगाडी आज पोखरा विमानस्थल चर्चाको शिखरमा छ ।

कति–कति खानलाई, कस–कसले खानलाई, त्यो विमानस्थल निर्माण भयो ? जे–जति खाए वा खाएनन् त्यो छानबिनले प्रमाणित गर्ला, अनुभवले देखाउँछ खानेहरु समाजमा महान् छन्, खुवाउनेहरु सबै गधा भए । अर्थात् ठूला माछाहरु यतिबेला समुन्द्रमा खेल्दैछन्, खुवाउने साना माछाहरु तेलमा फ्राई हुन लागेका छन् । मैले फ्राई हुनु थिएन । जेल जानु थिएन । देशको सम्पत्ति दुरपयोग गर्नु थिएन । जनतालाई ऋणको भारी बोकाउनु थिएन । धरानमा विमानस्थल बनाउनु नसकेकोमा म असाध्य दुःखी छु तर नबनिने स्थानमा बनिन्छ भन्दै चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागी अन्त्य गर्न सकेको छु । फेरि ठूलो स्वरमा एकपटक भन्छु, म दुःखी छु जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरौं । देश र जनतालाई छातीमा राखौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती प्रशासनको साख गिराउने सचिवहरुको कदम

काठमाडौं । निजामती सेवा विधेयकमा दुई वर्षे कुलिङ पिरियड राख्ने संसदको राज्य व्यवस्था

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो

हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र

सर्वोच्चले आदेश जारी गरे पश्चात उत्पन्न परिस्थितिबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने