मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै समाधान गर्न सक्छः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने पुनरुत्थानवादी शक्तिको दुस्साहस दिवास्वपन मात्र हुने बताएका छन् ।

लेनिन जयन्तीका अवसरमा मंगवलबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको त्याग, बलिदानको सम्मान र प्राप्त उपलब्धिहरूको रक्षा तथा विकासमार्फत समाजवादको यात्रामा एकजुट भई अघि बढ्न अपील गरेका हुन् ।

उनले भनेका छन्, ‘यतिखेर एकथरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन्। तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो, किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ। परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ।’

उनले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, किन चाहियो यतिधेरै सांसद ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो

एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी

धनुषा, । नेपाल कम्युनिष्ट पार्टी एमाले धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव

अध्यागमन नै मानव तस्करीमा संलग्न ! कुन देशले गर्ला हामीलाई विश्वास ?

-नारायण गाउँले । कुनै देश यति निर्दयी पनि बन्न सक्छ र ? नेपाली

ट्रम्प प्रशासनले लगायो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक

बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक