शिक्षामन्त्री भट्टराईले देखाएको राजनीतिक नैतिकता



डा. चन्द्रकान्त ज्ञवाली ।

शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनलाई निचोडमा पुर्याउन नसकेको भनि शिक्षामन्त्रीको पदबाट राजीनामा दिनुभएछ । उहाँको राजनीतिक नैतिकता(Political Morality)को रूपमा महत्वपूर्ण मानिन्छ । उहाँको राजनीतिक कद उचो नै रहनेछ । उहाँको यही स्वाभिमानलाई मात्र आधार बनाएर सरकारले राजीनामा स्वीकृत गर्नु त्यति उचित पनि हुँदैन । शिक्षकका समग्र माग एक्लो शिक्षामन्त्रीको ईच्छाशक्तिले मात्र समाधान हुने बिषय किमार्थ देखिदैन ।

त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्री, मन्त्रिपरिषद र संघीय संसदको ईच्छाशक्ति देखिनुपर्ने हुन्छ । प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भन्ने संवैधानिक प्रत्याभूति सरकारमार्फत शिक्षकबाट नै हुने हो ।संविधान संशोधनबाट सम्बोधन हुने बिषयमा आधारभूत र माध्यमिक शिक्षालाई स्थानीय सरकारअन्तर्गत नभई संधीय सरकारअन्तर्गत हुनुपर्छ भन्ने बिषय नितान्त अहिलेको सरकार एक्लैले चाहेर हूने बिषय किमार्थ छैन । संघीय संसदको बहुमत नजुटाई सम्भव नै छैन । यो बिषय पेचिलो र संघीयतासँग जोडिएको बिषय रहेको छ ।

अन्य माग संघीय शिक्षा विधेयकसँग जोडिएको छ । अहिलेको सरकारले उहाँहरूका वृत्ति विकाससँग जोडिएका जायज मागलाई शिक्षा विधेयकमा सम्बोधन हुने गरी वार्ता र संवादलाई अगाडि बढाई विश्वसनीय संझौता गरी भोलिदेखि शिक्षकलाई स्कुल फर्काउन सरकारले ईच्छाशक्ति देखाउनुपर्छ । किनभने लोकतन्त्रको स्थापनामा उनीहरू पनि पहरेदार सच्चा सिपाही नै थिए र छन् पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाका विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, बोल्छुः गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोपकाबारेमा बोल्ने बताएका

रास्वपा नेताको प्रस्तावः जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गरौं

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका नेता यज्ञमणि न्यौपानेले अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र

गृहमन्त्रीलाई राजीनामा दिन शेखर कोइरालाको सुझाव

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा

काठमाडौंको सभ्यता झल्काउने फल्चा(भिडियोसहित)

-बालेन साह । मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठूलो छ