शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

उनले भने, ‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो । के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षकका माग पूरा गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा नमिलेपछि उनले राजीनामा दिएको बताइएको छ ।

उनले विद्यालय शिक्षा ऐन जारी गर्न नसके राजीनामा दिने यसअघि बताएकी थिइन् । तर आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता भएपनि सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा घर तथा ४ आना जग्गा नदिए यौन शोषणको मुद्धा लगाइदिने भन्दै ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौं । यौन शोषणको मुद्धा लगाई दिन्छु भन्दै ठगी गर्ने दुई महिलालाई प्रहरीले

दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्छः मन्त्री ठकुरी

  काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा

अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा खस्यो विमान (फोटोफिचर)

काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार एउटा निजी विमान आवासीय क्षेत्रमा खसेर दुर्घटना

ढोरपाटनका मेयरसँग २० लाख धरौटी माग

गण्डकी । जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न