सरकारका गलत क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस भयोः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत क्रियाकलापका कारण प्रतिगामी शक्तिले टाउको उठाएको बताएका छन् ।

शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारका गलत कामका कारण प्रतिगामी शक्तिले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेको बताएका हुन् । उनले प्रतिगामी शक्तिको दुस्साहस माओवादीले पूरा हुन नदिने बताए ।

उनले भने, ‘अहिले प्रतिगामी षड्यन्त्र जो देखापर्न खोजेको छ त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । त्यो सफल हुने छैन । सरकारका गलत क्रियाकलापका विरुद्ध खबरदारी पनि हो । र प्रतिगामी षडयन्त्रका विरुद्ध चुनौती पनि हो । यसलाई सफल हुन दिइने छैन ।’

अध्यक्ष प्रचण्डले विगतमा माओवादी विभिन्न दलसँग मिल्दा जनतामा नराम्रो सन्देश गएको भन्दै अब त्यसो नगर्ने बताए ।

उनले भने, ‘हामी कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनातालाई राम्रो भएन । अब त्यस्तो हुँदैन ।’ उनले नेवाः समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे