शौचालयमा थुनिएको भनिएको घटनाप्रति के भन्छन् योगेश भट्टराई ?



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवबाट शुक्रबार फर्किने क्रममा आफूविरुद्ध नाराबाजी लगाएकोमा आफूलाई कुनै अपात्ति नभएको बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत भट्टराईले आफूविरुद्धको नाराबाजी लोकतान्त्रिक अधिकारको प्रयोग भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २÷४ जनाले मेराबिरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतांत्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल बिरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाईएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौं । प्रायोजकहरूको हतियार नबनौं । सामाजिक एकता र सदभाव नबिगारौं ।’

कञ्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए ।

कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध ‘नो केबलकार समूह’ले नाराबाजी गरेका थिए । भट्टराई नजिकै रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका बेला नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुशासनका नाममा सारा सूचना दिने हो भने मुलुकलाई थितिमा बसाउँदैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन्

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही