आरजु भन्छिन्-नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार बढी भए



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन् ।

डा महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई भुलेर केही विकास भएको छैन भन्नु गलत भएको उल्लेख गरिन् ।

“गाउँगाउँमा सडक, स्वास्थ्यलगायत सेवासुविधा विस्तार भइरहेको छ । सञ्चार तथा प्रविधिको विकासमा पनि नेपालले फड्को मारेको छ”, मन्त्री डा राणाले भनिन्, “नेपालमा केही पनि भएन । अब यो देशमा बसेर के काम रु भनेर नेपालीले नै अनावश्यक नकारात्मक प्रचार गरिरहेका छन् । नेपालमा परिवर्तन भइरहेको सकारात्मक कुरा पनि मिडियामा आउनुपर्छ । नेपालमा सुधार भएको छ ।”

आन्दोलन, हड्ताल, राजनीतिक विवादजस्ता कुराले परिवर्तनका कार्यलाई असहज बनाउने काम भइरहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधान गरेर मुलुकको समृद्धिमा सबै लाग्नुपर्ने बताइन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेकाले निराश हुनुपर्ने आवश्यक भएको बताइन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको जिकिर गर्दै कार्यान्वयनका लागि पूर्वाधार विकासमा जोड दिइएको बताइन् । पुस्तककी लेखिका डा कुँवरले पुस्तकले नेपाल चिनाउन मद्दत पुग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी

धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछः नवनियुक्त गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई

उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

-शैलेन्द्रकुमार श्रेष्ठ नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र