रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, महाधिवेशन आगामी फागुनमा हुने



काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति पनि सरेको छ ।

बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ ।

यसअघि रास्वपाले यही वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेशका इन्चार्जहरू पनि तोकेको छ ।

कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाललाई बैठकले इन्चार्ज तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविलाई थुनामै राख्ने यस्तो छ सर्वोच्चको आदेश(पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्देशक हुनुअघि नै

रविको बन्दीप्रत्यक्षीकरणको रिट खारेज, अब थुनामै रहने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च

तीनकुने घटनाको प्रहरीले बुझायो प्रतिवेदन, १०८ जनालाई मुद्दा चलाउनुपर्ने राय

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा, ११ हजार ४८ मुद्दा दर्ता

काठमाडौँ । प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ ।