सरकारविरुद्धको आन्दोलनलाई राप्रपाले सशक्त बनाउने, वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्राउ परेका आफ्ना नेताको रिहाइका लागि सशक्त आन्दोलन गर्ने भएको छ ।

बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतको रिहाइका लागि सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाईंलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको जानकारी दिए ।

यस्तै, उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए । राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादमा उठाइए हिमालका विषय

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर

सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरु असन्तुष्ट, माओवादीसँग गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई श्रम ऐनले विभेद गरेको छैनः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट