कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा सरकारको आयुकाबारेमा बोलेको हुँः अध्यक्ष प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार लामो जाने स्थिति नरहेको बताएका छन् ।

प्रेस सेन्टर रुपन्देहीले बिहीबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूले हचुवाका भरमा सरकारकोबारेमा टिप्पणी नगरेको बताएका हुन् ।

उनले माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको र आफूले कुण्ठापनि नपोखेको बताए । प्रचण्डले केही दिनअघि सरकार लामो नजाने बताएका थिए । प्रचण्डको भनाई नेकपा एमालेले सत्ताबाट हट्नुपर्दाको कुण्ठा भएको बताएको थियो ।

प्रचण्डले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको आरोप लगाए । उनले भने, ‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको हो । यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र

लेखा समिति सभापतिले अमनलाल मोदीलाई भाइरल हुन यूट्यूबर लिएर आएको भनेपछि…

काठमाडौं । अरु दिनको जस्तै सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा पनि नेकपा माओवादी

पतञ्जली जग्गा प्रकरणको थप अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान

मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि महासेनानीको पदावधि थप्ने लगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता