उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्रीः राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारको कार्यशैली ठिक रहेको निष्कर्ष निकालेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले आलोचनाबाट सरकार आत्तिनु पर्ने र सरकार सही बाटोमा रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि गृहमन्त्री लेखकले बाहिर नेताहरुले आलोचना गरेपछि सरकारमा कुनै समस्या नरहेको बैठकको निष्कर्ष रहेको जानकारी दिए । उनले भने, ‘सरकारमा कुनै समस्या छैन । आलोचनाबाट अत्तिनुपर्ने अवस्था छैन।’

गृहमन्त्री लेखकले भाषणले नभई तथ्य र तथ्यांक हेर्नुपर्ने बताए । उनले भने, ‘परिणामले देखाएको छ राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर होइन ।’

उनले गभर्नर नियुक्तिमा दुई दलबीच कुनै समस्या नरहेको र सिफारिस समितिले नियमित प्रक्रियाबाटै यसलाई टुंग्याउने बताए ।

मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएपछि आजका लागि बैठक बोलाइएको थियो । सरकारको कामबारे सत्तारुढ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अन्य नेताहरुले आलोचना गर्न थालेपछि संयन्त्रको बैठक बोलाइएको हो ।

तर बैठकमा महामन्त्री थापा सहभागी भएका थिएनन् । सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजालाई दोषी देखाएर कांग्रेस-एमालेले भाग्न मिल्छ ?

-केशवप्रसाद भट्टराई १. राजनीतिक सहकार्यले एउटा दीर्घकालीन रणनीतिक दृष्टि माग गर्दछ । सहकार्य

जेठ १० देखि २५ गतेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो बन्द गरिने

काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि दिउँसो सडक बन्द गरिने भएको छ ।

यस्तो छ तुवाचुङ–जायजुम पदमार्ग

किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको पर्खालसहितको

तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका