आलोचना गर्दैमा कांग्रेसको कोही पनि भीम रावल बन्नु पर्दैनः गगन थापा



कलैया । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका कामको शैली परिवर्तन अपरिहार्य रहेको बताएका छन् । बुधबार बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले काम नगरेका कारण नै असन्तुष्टि बढेको बताए ।

उनले अहिले नेपालमा बनेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले दिनमा एक पटक सरकार टिक्छ भन्नुपर्ने अवस्था रहेको बताए । महामन्त्री थापाले आठ दश वर्षको बीचमा बनेका सरकारका प्रधानमन्त्रीको हालत त्यस्तै भएको र यो क्रम जारी रहेको बताए ।

उनले भने, ‘हिजो बेलुकीसम्म नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भनेर भन्नुपर्ने अवस्था छ । प्रत्येक गठबन्धनको हालत यस्तै हो ।’

उनले संविधान संशोधन नगर्दासम्म कुनै दलको बहुमत नआउने भएकाले त्यसको अन्त्यका लागि संविधान संशोधन अपरिहार्य रहेको बताए । उनले आफ्नो पार्टीमा फरक मत र आलोचना गर्न पाइने बताए ।

महामन्त्री थापाले आलोचना गर्दैमा कांग्रेसको कोही पनि भीम रावल बन्नु नपर्ने बताए । उनले भने, ‘ यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन । कांग्रेस पार्टीमा प्रश्न गर्न पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजसंस्थाबारे देउवाको धारणा भन्दै गलत सूचना सम्प्रेषण नगर्न विश्वकर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको

तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली सिमिकोटमा

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक

‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली ।  नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा

नवनियुक्त गभर्नरले गर्नुपर्ने काम

-सुगतरत्न कंशाकार । म एक इन्जिनियर/व्यवस्थापक भएपनि मैले नजानेको कुरामा जान्ने भएर नयाँ