कानून निर्माण नगरी पानी जहाज कार्यालय किन स्थापना गरियो ? भन्ने सोबिता गौतमको प्रश्नमा यस्तो दियो मन्त्रालयले जवाफ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पानीजहाज कार्यालयले ६ वर्षमा गरेको कामका विषयमा प्रश्न उठाएकी छन् ।
उनले उठाएको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको जवाफ राख्ने गौतमले कानुन निर्माण नगरी किन कार्यालय स्थापना गरियो भन्दै प्रश्न गरेकी छन् ।
गौतमले भनेकी छन्, ‘पानी जहाज कार्यालय उद्घाटन भएर ६ आर्थिक वर्षमा करिब ७० करोड बजेट विनियोजन भयो । स्थापना भएको ६ वर्षमा ७० करोड खर्च भएको यस कार्यालयले के काम गर्यो ? कानून निर्माण नगरी कार्यालय स्थापना किन गरिएको हो ? यो भ्रष्टाचार हो कि होइन ?’
गौतमको जवाफमा मन्त्रालयले पानी जहाज कार्यालय स्थापनापछि नारायणी नदीमा टर्मिनल निर्माणको डीपीआर र आईईई तयार हुनुका साथै कोशी नदीमा टर्मिनल निर्माणको डीपीआर तयार भएको बताएको छ ।