मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय, वार्ताबाट समाधान खोज्न आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरुसँग वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।

‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको भन्दै आयोगले त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ । तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको छ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । तर सरकारले उनीहरुका मागका सम्बन्धनमा ठोस निर्णय गरेको छैन । आन्दोलनका कारण उपत्यकाको सवारी आवागमनसमेत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेनको आक्रोशः भ्रष्टाचारी जोगाउने नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिमा आफूलाई नराख्न प्रधानमन्त्री केपी शर्मा ओली

हुम्लाको तिलगाउँमा तत्काल राहत सामग्री पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत

सरकारलाई बजेटमा योजना छान्न सकस, ‘प्रोजेक्ट बैंक’ का आयोजनामा कटौती

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन अब १० दिन बाँकी

कांग्रेस पार्टी सरकारमा भएपनि स्थानीय तहदेखि केन्द्रसम्म असन्तुष्टि र उकुसमुकुस छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित